जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।

आज बसेको मन्त्रीपरिषद वैठकले देउवाको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । ग्लास्कोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदैछ । उक्त समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय