Khabar Samachar

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

202
VIEWS

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रकृया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राती पनि खेलहरु सन्चालन गर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित