Khabar Samachar

बानेश्वरमा माओवादी नेता जनक बर्तौलामाथि आक्रमण

203
VIEWS

काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् । रड प्रहार गरेर आक्रमणकारी भागेका छन् । बुधवार साँझ भएको घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुंगेलले  बताए ।

बर्तौला अखिल नेपाल खेलकुद महसंघको उपाध्यक्ष हुन् । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर स्थित आक्रमण स्थलमा सिसिटिभी नभएको हुनाले अनुसन्धानमा समस्या भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित