गत शुक्रबारको भूकम्पबाट प्रभावित भएकाहरूलाई चर्चित फुटबलर डिडियर ड्रोग्बा फाउन्डेशन र नेपाल सुपर लिग (एनएसएल)ले संयुक्त रुपमा २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
एनएसएलले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। यस राहतले भूकम्पपीडितलाई केही भए पनि राहत पुग्ने एनएसएलले जनाएको छ।
एनएसएलले बिहीबार सार्वजनिक गरेको फुटबल भिडिओ सन्देशमा ड्रोग्बाले एनएसएलसँगको साझेदारीबारे आफू उत्साहित रहेको जनाएका छन्।
ड्रोग्बाले भिडिओ सन्देशमा आगामी वर्षको एनसएसलमा सहभागी हुन आफू नेपाल आउने पनि जानकारी दिएका छन्।
यो साझेदारीले खेलकुदको शक्ति झल्काउने बताउँदै मनवताको लागि एकताबद्ध हुनुपर्ने भावना पनि प्रस्तुत गरेको एनएसएलले जनाएको छ।
Discussion about this post