Skip to main content

Khabar Samachar

Search
Close this search box.

माली मिसन बन्द गर्ने घोषणापछि फर्किन थाले नेपाली सैनिक

223
VIEWS

मालीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएको छ । संयुक्त राष्ट्रसंघले मालीमा शान्ति मिसन बन्द गरेपछि नेपाली सेनाले आफ्नो टोली फिर्ता बोलाएको हो ।

प्रमुख सेनानी चित्रकुमार कार्कीको कमान्डमा हातहतियार बन्दोबस्तीको सामग्रीसहित ८१ जनाको टोली बिहीबार नेपाल फर्किएको छ ।नेपाली सेनाको १६८ जनाको टोली मालीमा कार्यरत थियो । टोलीका बाँकी सदस्य स्वदेश फर्कने क्रममा रहेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रसंघको निर्णयसँगै नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षकमा नियुक्तिमा कार्यरत समेत गरी १६८ जना फर्किने क्रममा रहेका छन्। जसमा पहिलो टोली नोपाल आइपुगेको हो।

नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरूमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरूको दोस्रो वरियतामा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित