Skip to main content

Khabar Samachar

Search
Close this search box.

माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले दिए राजीनामा

205
VIEWS

नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए ।

घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी छ। शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट मानिन्छन्।

‘मलाई मेयरमा टिकट नदिने भए। माओवादीले गैरकम्युनिष्ट चरित्र देखाइरहेको छ,’ उनले भने, ‘एमसिसी पारित हुँदा पनि म सन्तुष्ट थिइनँ। मैले पार्टीको साधारण सदस्य पनि त्यागेको छु।’

उनी ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए । तत्काल कुनै पार्टीको सदस्‍यता नलिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित