Khabar Samachar

Search
Close this search box.

कांग्रेसले तीन,माओवादी, एकीकृत समाजवादी र जसपालाई एक/एक महानगर दिने तयारी

214
VIEWS

सत्तारूढ गठबन्धनले आज बेलुकीसम्म महानगरको भागबन्डा गर्ने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ।

‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ,’ उनले आज पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा भने।

छ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एकेक महानगर दिने तयारी छ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ।

माओवादीले भरतपुर महानगर दाबी गरेको छ। एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ।प्रचण्डले माओवादीले कम्तिमा एक महानगर लिने बताए। भरतपुर पहिले पनि जितेको हुनाले त्यो महानगर लिने भनिएको उनको भनाइ थियो। तर भरतपुर नै चाहियो नभनिएको उनले प्रष्टाए। काठमाडौं वा विराटनगरमध्ये एक दिन पनि माओवादीले मान्ने उनले बताए।

आजै टुंगो लगाउने कसरत
निर्णायक मानिएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकिएपछि पुनः सुरु भएको छ ।

यसअघि आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा छलफल भएको थियो । निर्वाचन अनुगमन तथा तयारी संयन्त्रको बैठकमा दलहरुले आ–आफ्नो दाबी राखेका थिए ।

यद्यपी उक्त दाबीमाथि सहमति भने भएको थिएन। प्रचण्डले पनि आजै बेलुकीसम्म महानगरको टुंगो लगाउने बताएका छन् । सत्ता गठबन्धनको बैठकपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले भनेका छन,‘ महानगर टुंगिने चरणमा छ । बेलुकासम्म हामीले टुंगो लगाउँछौं ।’

माओवादी केन्द्रबाटै गठबन्धनको बैठकमा सहभागी नेता देव गुरुङ महानगर र उपमहानगरपालिकाको टुंगो शीर्ष नेताहरुले आजै बेलुकीसम्म टुंग्याउन सक्ने बताउँछन्।

‘केही भएपछि त सार्वजनिक भइ नै हाल्छ । शीर्ष नेताहरुले आजै बेलुकीसम्म सहमति जुटाउँछौँ होला’ गुरुङले भने ।

त्यस्तै, निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेल भने छलफलकै विषयमा रहेको बताए।

‘अहिलेसम्म छलफलकै क्रममा छ । सबै दलले आ–आफ्नो दाबी राखिरहेका छन्,’ पौडेलको भनाई उद्धृत गर्दै उनका सहयोगीले नेपालखबरसँग भने, ‘सहमति प्रयास भइरहेको छ ।’

यही वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित