Khabar Samachar

डलर साट्ने बहानामा लुटपाट गर्ने गिरोह सक्रिय, ८ जना पक्राउ

209
VIEWS

काठमाडौं उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ ।काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।उनीहरूले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको प्रहरीमा जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको छ ।

यस्ता गिरोह सक्रिय रहेको छ भन्ने जानकारी आएकाले प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मङ्गलवारसम्म आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको सामाखुसी बस्ने वर्ष ३४ का खड्कबहादुर तामाङ, मोरङ घर भई सोही ठाउँ बस्ने ३६ वर्षका अशोक लिम्बू, सिन्धुपाल्चोकका रामबहादुर लामा, भक्तपुरको दुवाकोट बस्ने ३६ वर्षका सुब्बा तामाङ, काठमाडौंको तारकेश्वर बस्ने ४५ वर्षीय चन्द्रबहादुर तामाङ, सिन्धुपाल्चोककै रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ रहेका छन् ।

उनीहरूको साथबाट ५० को १६ थान सक्कली अमेरिकन डलर, दुई वटा राहदानी, तिलहरी र एउटा स्कुटर बरामद भएको छ ।

उनीहरूमार्फत यसरी लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित