Skip to main content

Khabar Samachar

Search
Close this search box.

ललितपुरको मेयरमा विवेकशील साझाले उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार उठाउने

207
VIEWS

विवेकशील साझा पार्टीले ललितपुर महानगरको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पार्टीले ललितपुर महानगर मेयरमा श्रेष्ठलाई उठाउन लागेको हो।

पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार ललितपुर मेयरका लागि आज श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।

आज दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ। श्रेष्ठ ०७४ मा ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए।

यसअघि विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटा लाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।

ललितपुर महानगरमा ०७४ मा साझा पार्टीबाट रमेश महर्जन मेयर उम्मेदवार थिए। महर्जनले १३ हजार चार सय ५८ मत ल्याएका थिए।

महानगरको मेयर भने नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २४ हजार छ सय ४२ मत ल्याएर जितेका थिए। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यान्जनकारले २४ हजार तीन सय १६ मत ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित