Khabar Samachar

जनकपुरकी आरती साह प्रकरण: हत्या आरोपी श्रीमान होटलबाट पक्राउ

202
VIEWS

जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक प्रक्रिया पुरा गरी करागार चलान गरिने धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए।

गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिए बमोजिम उनलाई पक्राउ गरिएको एसपी शर्माले बताए।

गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्।

उनलाई परिवारले उपचारको लागि भन्दै काव्या अस्पताल लगेपछि घटनाबारे प्रहरीले थाहा पाएको थियो। आरतीकी माइती पक्षले श्रीमान, देवर, ससुरा लगायतले हत्या गरी झुण्ड्याएको आरोप लगाउँदै आएको छ।

यो मुद्दामा धनुषा जिल्ला अदालतले आरतीकी श्रीमान मोतीबाबु र ससुरा मदनमोहन व्याहुत सुँडीलाई थुनामा पठाउने आदेश दिएको थियो।

तर असोज १८मा उच्च अदालत जनकपुरले थुनामा रहेका दुबैजनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरूद्ध आरतीकी परिवार सर्वोच्च अदालत पुगेको थियो।

उक्त रिटमा माथिको सुनुवाइमा आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो। आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित