Khabar Samachar

Search
Close this search box.

संसदीय समितिले माग्यो पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्तिको कागजात

225
VIEWS

प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा  पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको नियुक्त हुँदा पेश गरेको कागजात मागेको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई बोलाएर गरिएको छलफलमा पुनको नियुक्ति विवादमा परेको बताउँदै नियुक्त हुँदा पेश गरेका कागजातहरू ३ दिनभित्रै समितिमा पेश गर्न कोषलाई निर्देशन दिएको छ ।

समितिमा सांसदहरू एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित