Khabar Samachar

नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना, खेलाडी र पदाधिकारीलाई प्रतिबन्ध

200
VIEWS
काठमाडौँ – अखिल नेपाल फुटबल सघ (एन्फा) ले नयाँ बस्ती युथ क्लबलाई ३ लाख जरिवाना तिराएको छ । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मध्यपुर युथ एसोसियसनविरुद्धको खेलका क्रममा अभद्र व्यवहार र अनुशासनहीन कार्यमा संलग्न रहेको भन्दै ३ लाख जरिवाना गरिएको एन्फाले जनाएको छ ।

एन्फाको लिग कमिटीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फाले क्लबका पदाधिकारी श्री बहादुर योगीलाई दुई वर्षका लागि फुटबलका कुनै पनि गतिविधिमा संलग्न नहुन पाउनेगरी प्रतिबन्ध लगाएको छ ।

साथै क्लबका म्यानेजर बिकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरु अप्रिल ९ मा भएको खेलमा ३-१ ले पराजित भएपछि तोड्फोडमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित