एमजी ब्रान्डको विद्युतीय गाडीमा आगलागी भएको घटनामा उक्त गाडी आयात गर्ने कम्पनीले स्पष्टीकरण जारी गरेको छ । गत पुस ८ गते काठमाडौँको बुढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको एमजी जेडएस ईभी गाडीमा आगलागी भएको थियो ।कम्पनीले साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासि विद्युत्को तार सर्ट भई आगलागी भई पूर्ण रूपमा जलेको प्रारम्भिक रूपमा देखिएको बताएको हो । उक्त घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात् तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारीसमेतको टोली स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र ब्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी राखिएको कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
नेपालमा आधिकारीक बिक्रेता प्यारामाउन्ट मोटर्स कम्पनीले एमजी ब्राण्डका चार पाङ्ग्रे गाडीहरू उच्चतम प्रविधिको प्रयोग गरी सुरक्षित रूपमा निर्माण गरी विश्वव्यापी रूपमा प्रयोग भइरहेको जनाएको छ ।
Discussion about this post