Khabar Samachar

भरतपुर माओवादीलाई दिनुपर्ने भयो : कांग्रेसका सभापति शेरबहादुर देउवा

228
VIEWS

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन्।

आज चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था आएको बताएका हुन्।

उनले भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि खनाललाई आग्रह गरेका थिए।‘आज सभापतिसँग बालुवाटारमा कुरा भएको हो, उहाँले भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो भन्नुभयो,’ सभापति खनालले सेतोपाटीसँग भने, ‘मैले कांग्रेसबाटै मेयर उठाउनुपर्छ भन्ने साथीहरूको भनाइ छ भन्ने कुरा राखेँ।’

‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ देउवाले खनालसँग भनेका थिए ।

जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।

चितवन कांग्रेसले यसपालि भरतपुर महानगरमा पार्टीबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै आएको थियो। शीर्ष नेताहरूलाई भेटेर पनि चितवन कांग्रेसका नेताहरूले भरतपुर महानगर माओवादीलाई नछाड्न भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित