Khabar Samachar

Search
Close this search box.

आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन

201
VIEWS

इँटाभट्टामा मानिसलाई जिउँदै पोलेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) नहुने भएको छ।

जिल्ला अदालत रौतहटमा विचाराधीन आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु विदामा भएकाले पेसीमा चढेन ।

तर ७ न्यायाधीशमध्ये आज २ जना मात्रै भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन गर्नुपरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धवप्रसाद ढोडारीले  जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित