Khabar Samachar

अध्यागमन अधिकृतलाई विमानस्थलबाट हटाउन र असईलाई निलम्बन गर्न सिफारिस

204
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनालाई लिएर गठित छानबिन समितिले नेपाल प्रहरीका असई संजिव तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानिबन समितिले बुधबार प्रतिवेदन बुझाउँदै अध्यागन अधिकृत छायाँलाल मोक्तानलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो ।

सुरक्षा जाँचका क्रममा भएको विवादमा असई तामाङसहितको प्रहरी टोलीले अध्यागमन अधिकृत मोक्तानलाई कुटपिट गरेको थियो । घटनापछि मन्त्रालयले छानबिन समिति बनाएको थियो ।

कर्मचारी युनियनले घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नगरे देशभरको सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित