नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको हो ।
क्लबले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै अफिसियल फेसबुक पेजमा भिडियो पनि पोष्ट गरेको छ । त्यसमा सावित्राले पनि फ्रेन्च लिग खेल्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् ।
सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरेकी थिइन् । मेडिकल पास भएपछि क्लबले अनुबन्ध गरेको खबर सार्वजनिक गरेको होे ।
Discussion about this post