शान्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ । मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको कारण देखाउँदै गत मंसिरदेखि माइतीघर मण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारी शान्तिवाटिका सरेका थिए । एक प्रदर्शनकारीका अनुसार नगर प्रहरीले शान्तिवाटिका पुगेर प्रदर्शनकारीलाई लछारपछार गरेको छ भने उनीहरुको सामाग्री समेत फालिदिएको छ ।अहिले शान्तिवाटिका छिर्ने गेटमा ताला लगाइएको छ । यसअघि पनि प्रहरीले प्रदर्शनकारीलाई शान्तिवाटिका छोड्न दबाब दिएको थियो ।
Discussion about this post