Khabar Samachar

आईपीएलः पञ्जाबमाथि दिल्लीको सहज जित

201
VIEWS

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको खेलमा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्सले ९ विकेटको सहज जित हात पारेको छ।

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। ११६ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १० ओभर ३ बल खेल्दै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

दिल्लीलाई जित दिलाउने क्रममा डेभिड वार्नरले अविजित ६० रन तथा पृथ्वी शाहले ४१ रनको पाली खेले।

जितका लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले मात्र १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

दिल्लीको जितमा डेविड वार्नर ३० बलमा १० चौका र १ छक्कासहित ६० रनमा अविजित रहे। यस्तै अर्का ओपनर पृथ्वी शाले २० बल खेल्दै ७ चौका र १ छक्कासहित ४१ रनमा आउट भए।

शरफराज खान १२ रनमा अविजित रहे।

पहिलो विकेटका लागि वार्नर र शाले ६.३ ओभरमा ८३ रनको आक्रमक ब्याटिङ गरेका थिए।

पञ्जावका राहुल चहरले १ विकेट हात पारे।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा १ सय १५ रन बनाउँदै अल आउट भयो।

पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ३२ रन बनाए। कप्तान मयंक अग्रवालले २४ रन बनाउँदा शाहरूख खान र राहुल चहरले समान १२-१२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शिखर धवन,जोनी बेयरस्टो र अर्षदीप सिंह समान ९–९ रनमा आउट भए। लियाम लिभिङस्टोन २ र कागिसो रबाडा २ रनमा आउट भए।

दिल्लीका लागि खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले समान २–२ विकेट लिए। मुस्ताफिजुर रहमानले १ विकेट हात पारे।

यो जितसँगै दिल्ली क्यापिटल अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।

समान ६ खेल खेलेको गुजरात ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ। बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ।

राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ। लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ। समान अंक भए पनि हैदराबाद नेटरनरेटमा पछि पर्दै पाँचौं स्थानमा छ ।

सातौ स्थानमा झरेको कोलकाता नाइट राइडर्स र आठौं स्थानमा झरेको पन्जाबको समान ६-६ अंक छ।

६ खेलमध्ये १ मा जित निकालेको चेन्नई नवौं स्थनमा रहँदा ६ खेलमा अंकविहिन मुम्बई पुछारमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित