Khabar Samachar

Search
Close this search box.

भ्रष्टाचारीलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब दिन बन्द गर्नुस् : गृहमन्त्री

202
VIEWS

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह गरेका छन्।

शुक्रवार अध्यागमन विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टहरूलाई समात्दा सम्बन्धित संस्थाहरूले वक्तव्यबाजी गर्ने र दलका नेताहरूले दबाव दिने गरेको बताउँदै त्यस्तो काम बन्द गर्न आग्रह गरेका हुन्।

उनले पहुँचवालाहरु पक्राउ पर्दा उनीहरूमाथि कारबाही गर्न नहुने भन्दै ठुल्ठूला संस्थाहरूले वक्तव्यवाजी गर्ने गरेको बताए।

हुनेखाने वर्ग, जसको राज्यमा पहुँच छ, उनीहरु कारबाहीमा परे भने ठूलाठूला संस्थाहरुले वक्तव्यबाजी गर्ने। कर्मचारी काबारहीमा परे भने कर्मचारी संगठनले कराउने,’ उनले भने, ‘भ्रष्टाचारीलाई नसमातेर, उनीहरूलाई कारबाही नगरेर सडक पेटीमा व्यापार गर्नेहरु ? त्यो गरिव सुकुम्वासी, भूमीहिनहरुलाई कारबाही गर्ने ?

मन्त्री श्रेष्ठले राजनीतिज्ञदेखि कर्मचारी, ठूला उद्योगी व्यवसायी कसैलाई कारबाही गर्न पाइँदैन भनेपछि गडबड हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित