Khabar Samachar

Search
Close this search box.

एसईई आजबाट सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

257
VIEWS

 

शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट (शुक्रबार) सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो।

यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।

नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ।

प्राविधिक तर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । बोर्डले नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो।

परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मर्यादित ढंगबाट परीक्षा सञ्चालन गर्न सबैलाई आग्रह गरे। ‘परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय, शिक्षकलगायत सम्बन्धित सबैलाई निर्देशन पनि दिएका छौँ,’ शर्माले भने।

सरकारले यस वर्षदेखि एसइई परीक्षा सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको छ। बोर्डको समन्वयमा प्रदेशले परीक्षा सञ्चालन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित