Khabar Samachar

ललितपुर जिल्लाको हात्तिवनमा आगलागी

208
VIEWS

ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो । यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ ।  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार एक जना पुरुष मृत फेला परेका हुन् । जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । ‘हामी शवको पहिचान खुलाउने प्रयासमा छौँ,’ एसपी सुवेदीले  भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित