Skip to main content

Khabar Samachar

Search
Close this search box.

कैलालीमा एउटै कोठामा दिदी-बहिनी मृत भेटिए

205
VIEWS

कैलालीमा एउटै कोठामा दिदी बहिनीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका-१० ठेबारमा सहोदर दिदीबहिनी मृत फेला परेका हुन्।

टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन्। डिएसपी बोहराका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित