Skip to main content

Khabar Samachar

Search
Close this search box.

विश्वप्रकाशले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै रास्वपाको मागलाई समर्थन गरे

202
VIEWS

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) को मागलाई समर्थन जनाएका छन्।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको बेलामा रास्वपाले विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउन माग गरेको थियो।

महामन्त्री शर्माले रास्वपाले उठाएको माग उपयुक्त भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत अपिल गरेका छन्।

उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीलाई सार्वजनिक अपिल, विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय समितिको माग रास्वपाले अहिले अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित