Khabar Samachar

लागुऔषध सहित काठमाडौँ सिनामंगल स्थित सुकुम्वासी बस्तीबाट दुई जना पक्राउ

215
VIEWS

प्रहरीले लागुऔषध सहित काठमाडौँको सिनामंगल स्थित सुकुम्वासी बस्तीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत छन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले  बताए । उनको साथबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ ।

बस्नेतको डेराबाट प्रहरीले डाइजेपाम ९५ एम्पुल, नुफ्रिन २४ एम्पुल र फेनारगन ४७ एम्पुल बरामद गरेको छ । बस्नेतको साथबाट ४ लाख १० हजार नगद बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । आरोपीहरूको साथबाट प्रहरीले ४ लाख १६ हजार नगद बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित