प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ वकिल घाइते भएका छन् । झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेल घाइते भएका छन्। घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ । बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको थियो । उनको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताए। ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।

पूर्वघोषित कार्यक्रमअनुसार वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको थियो । जसअनुसार वकिलहरू कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय