नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईंले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गोरखा स्थायी ठेगाना भएका बजगाईं गोरखामा लोकप्रिय मत ल्याए महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित भएका व्यक्ति हुन् ।

बजगाईं २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध पर्यटन व्यवसायीसमेत रहेका बजगाईंले ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेस केन्द्रीय सदस्य पदमा चुनाव लड्दै छु,’ बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म नेविसंघको राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेको हुँ । पर्यटन व्यवसायी हुँदै राजनीतिमा लागेको मैले जनताले कस्तो विकास खोजेका छन् भन्ने बुझेको छु । त्यसैले मेरो उम्मेदवारी जनताले खोजेको विकास स्थापित गर्नका लागि हो ।’ कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनताको स्तर उकास्ने एजेण्डालाई पनि अब प्राथमिकता दिनुपर्ने बजगाईंको भनाइ छ ।

२०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय