उपाधिको दावेदार मानिएको पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ ।अबुधाबीमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो ।अस्ट्रेलियाको जितमा मार्कोस स्टोइनिसले नटआउट ४० रन र म्याथ्यु वेडले नटआउट ४१ रन जोडे।वेडले १९ ओभरको अन्तिम ३ बलमा पाकिस्तानका शाहीन शाह अफ्रिदीलाई लगातार तीन छक्का हिर्काएका थिए। वेडले १७ बलमा २ चौका र ४ छक्का हिर्काउँदा स्टोइनिसले ३१ बलमा समान २ चौका र २ छक्का हिर्काए।

वेड र स्टोइनिसबीच छैटौं विकेटका लागि ८१ रनको साझेदारी भएपछि अस्ट्रेलियाले जित हात पारेको हो। त्यसअघि अस्ट्रेलियाले १३ ओभरमा ५ विकेट गुमाउँदा ९६ रन जोडेको थियो।

ओपनर डेभिड वार्नर ४९ रन जोडेर आउट भएका थिए। कप्तान आरोन फिन्च शून्य, स्टिभ स्मिथ ५ रन र ग्लेन म्याक्सवेल ७ रनमा आउट भएका थिए। मिचेल मार्सले २२ बलमा २८ रनको योगदान दिएका थिए।

बलिङमा पाकिस्तानका शादब खानले ४ विकेट लिए भने अफ्रिदीले १ विकेट हात पारे।
पहिलो इनिङमा ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै फकर जमानले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५५ बलको अविजित अर्धशतकीय इनिङ खेल्दा कप्तान बाबर आजमले ३९ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय