नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन्।

लोगोमा एमालेको चुनाव चिन्ह सूर्य राखेको छ भने छेउमा उभिएको एकसिङे गैंडाले ‘हात’मा हसियाँ-हथौडा अंकित झण्डा बोकेको छ।‘महाधिवेशन चितवनमा गर्दैछौं । चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन पनि गैंडाले पार्टीको झण्डा चलाएको लोगो तयार पारिएको हो’, महाअधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले भने ।त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिष्टमबारे जानकारी गराएका थिए।

एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय