Khabar Samachar

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले दिए पदबाट राजीनामा

201
VIEWS

कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको राजीनामा पत्रमा उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘यही २०८१ सालको तिहार बिदाको समयमा मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केही प्रक्रियागत विषयमा उठेका प्रश्नहरूको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो विषयमा प्रश्न उठिसकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारबाट उक्त मन्त्रीपदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पुर्‍याउनु उचित ठानी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्री पदबाट राजीनामा गरेको छु ।’

उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएको खुलासा भएपछि आलोचना भएको थियो ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित