Khabar Samachar

प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति कप्तान किरण असन्तुष्ट

203
VIEWS

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति नेपाली फुटबल टोलीका कप्तानले सार्वजनिक रुपमा असन्तुष्टि पोखेका छन् । कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन् ।

राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु  गलत भएको उनको भनाइ छ ।  सामाजिक सञ्जालमार्फत उनले आफू खेलाडीको पक्षमा रहेको स्पष्ट गरेका छन् ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन’, उनले भने,‘ टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’

मुख्य प्रशिक्षक अलमुताइरीले टोलीका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छाड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीसँग छलफल गरेका थिए।

तर प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छाड्न सक्ने बताएपछि खेलाडीले क्याम्प छाडेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित