सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाल बार एशोसिएसनतर्फको गेटबाट सर्वोच्च परिसरभित्र प्रवेश गरी कानुन व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले गर्ने प्रदर्शनस्थल सोमबार भने प्रहरीको नियन्त्रणमा छ ।

नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा बार एसोसिएसनले आन्दोलन जारी राख्दा उनका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् । सर्वोच्च परिसरमा प्रधानन्यायाधीस पक्षधरले प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।बारको आन्दोलनका कारण न्यायमा अवरोध भएको भन्दै उनीहरुले प्रधानन्यायाधीशको पक्षमा नारावाजी गरेका थिए । उक्त प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको छ ।प्रधानन्यायधीसको राजीनामा माग्दै बारले पनि प्रदर्शन सुरु भएको छ । बारका वकिलहरुले विभिन्न नारा लेखिएका कालो ब्यानरहरु प्रदर्शन गरेका छन् । कानून व्यवसायीले आज पनि सुरक्षा घेरा तोडेर मुल गेटमा प्रदर्शन गर्न पुगेका छन् । सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय