Khabar Samachar

Search
Close this search box.

यू-१९ एसिया कप क्रिकेट खेल्ने १५ सदस्यीय टोली घोषणा

201
VIEWS

एसीसी यू-१९ एसिया कप खेल्न नेपाली टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीको उपकप्तानमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन्।

यस्तै टोलीमा युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार छन्। टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।

यू-१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित