गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावमा रोकिएका मुद्दा ब्रेक थ्रु हुने दाबी गरेका छन्।
शुक्रबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षण गर्दै मन्त्री अर्यालले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई निर्देशन दिएको बताए।
अर्यालले सीआईबीमा पुगेर त्यहाँ अनुसन्धान भइरहेका मुद्दा र त्यसलाई तीव्रता दिन गर्नु विषयहरूको बारेमा जानकारी लिएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसमेतलाई अगाडि राखेर उनले अब कुनै पनि प्रभावमा अनुसन्धान नरोक्न निर्देशन दिएका छन्।
सीआईबीको कार्यक्षेत्रबारे जानकारी भइसकेपछि सुशासनको मामिलामा फड्को मार्न आवश्यक रहेको गृहमन्त्री अर्यालले औँल्याए।
































Discussion about this post