नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको उद्घाटन खेलको टिकट सबै बिक्री भइसकेकाले टिकट नहुनेले घरबाटै खेल हेर्न आग्रह गरेका छन् ।
एनपीएलको पहिलो म्याचका टिकट र भीआईपी पास सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा समन्वय गरिदिन अनुरोध गरेका हुन् ।
त्यसैगरी खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका छन् ।
‘भोलिको पासका लागि फोन वा सन्देश नगर्नु हुन हार्दिक अनुरोध गर्दछौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।
Discussion about this post