नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनपिएलका क्रममा जनकपुरको टिमका समर्थकमाथि भएको घटनामा कुनै बहाना स्वीकार नगरिने बताएका छन्।
कारबाहीको प्रक्रिया अगाडि बढाउन गृहप्रशासनलाई सिफारिक गरेको कुरा सकारात्मक रहेको बताउँदै उनले यस विषयमा कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।
जनकपुरका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। नो इफ नो बट’ सामाजिक सञ्जालमा गगन लेख्छन्।






















Discussion about this post