रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो फिल्म चैत १८ अर्थात अप्रिल १ तारिखबाट देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिएका छन् । फिल्ममा निर्देशक आरबी पुनको कथा, पटकथा तथा संवाद छ ।फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सह-निर्माता हुन् । फिल्ममा रिस्ताको साथमा सुनिसा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्ममा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ । फिल्मलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

फिल्म चैत १८ अर्थात अप्रिल १ तारिखबाट देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय