अब देखि शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन हुने भएको छ। बजेट अधिवेशन सुरू हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले त्यसैअनुसारको क्यालेन्डर बनाउनेछ ।
बैठकमा सभामुख घिमिरेले भने, ‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ। शिक्षकहरुले ऐन नलिई जान्न भन्नुभएको छ।’
Discussion about this post