प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली हतास मानसिकतामा रहेको र आफ्नै पार्टीका मान्छेलाई समेत गाली गर्न थालेको कारण एक छिन पनि सरकारमा बस्ने नैतिक अधिकार नभएको बताएको छ। आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताए ।
उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’उनले थपे, ‘उहाँले हिजो नेतृत्वप्रति किन आत्मविश्वास नभएको भनेर आफ्नै पार्टीलाई भन्दै हुनुहुन्थ्यो। अरुलाई त गाली गरिराख्नु हुन्थ्यो, आफ्नै पार्टीकालाई पनि गाली गरिराख्नु भएको छ। यसअर्थमा अब निभ्दै गरेको बत्ति हो कि जस्तो लाग्दैछ।’उपाध्यक्ष सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्णरुपमा असफल भएको भन्दै एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको उल्लेख गरे।
Discussion about this post