Khabar Samachar

Search
Close this search box.

समाचार संकलनमा खटिएकी पत्रकार सबिना कार्की घाइते

200
VIEWS

शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी  एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् ।

उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन् ।

प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रसारण निर्देशक राजु भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ। आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ।’

उनका अनुसार पानीको फोहोराबाट घाइते भएकी उनलाई सुरूमा प्रहरीले बोकेर सिभिल अस्पताल लगेको थियो। सिभिलले ट्रमा सेन्ट्रर सिफारिस गरेको थियो । तर, आँखामा गम्भीर चोट भएका कारण उनलाई ट्रमाबाट अहिले सिनामंगलस्थित तिलगंगामा पुर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित