शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका नेताहरू लाई वास्ता नगरेपछि लज्जित भएर फर्कनु परेको छ। माइतीघर–बानेश्वर सडकमा जारी शिक्षकहरूको आन्दोलनमा उनीहरू सोमबार दिउँसो सहभागी भएका हुन् । सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।
शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन उनीहरू प्रदर्शनस्थलमै पुगेका हुन् । एकीकृत समाजवादीका नेताहरू शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका बेला केही शिक्षकहरूले भने आन्दोलनमा आउनभन्दा पनि संसदमै भूमिका खेल्न आग्रह गरेका थिए।तर, माहोल सहज नभएपछि नेताहरू केहीबेरमै निस्किएका छन् । नेता खनालले भने आन्दोलनलाई सम्बोधन गरेका थिए । शिक्षकहरूको नाराबाजी कायमै रहेपछि अध्यक्ष नेपालले भने सम्बोधन गर्न पाएनन् । पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भने, ‘शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन हामी आएका हौं।’
Discussion about this post