Khabar Samachar

Search
Close this search box.

ज्येष्ठ नागरिक प्रति परिवार र समाजको दायित्व

207
VIEWS

शिशिर राज पाण्डे । ज्येष्ठ नागरिकलाई सम्मान, माया र सहानुभूति साथ व्यवहार गर्नुपर्छ। ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो संस्कार र कर्तव्य हो। उनीहरूको अनुभव, ज्ञान र योगदानको कदर गर्दै विनम्र व्यवहार, ध्यानपूर्वक कुरा सुन्ने र उनीहरूको भावनालाई बुझ्ने गर्नुपर्छ। उनीहरूलाई परिवार र समाजको अभिन्न अंगको रूपमा स्वीकार गर्नुले उनीहरूको आत्मसम्मान र खुशी बढाउँछ।उनीहरूको अनुभव र ज्ञानको कदर गर्नुहोस्। विनम्र भाषा प्रयोग गर्नुहोस् र उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्।  ज्येष्ठ नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक जिम्मेवारी हो। बजार जान, सामान बोक्न, घरको काममा वा कागजात व्यवस्थापनमा मद्दत गर्नुहोस्।नीहरूको औषधि समयमा दिने, डाक्टरको भेटघाटको व्यवस्था गर्ने वा नियमित जाँचमा सहयोग गर्नुहोस्।  उनीहरूको घरमा र्‍याम्प, रेलिङ वा उज्यालो बत्ती जस्ता सुविधा जडान गरेर सुरक्षित बनाउनुपर्छ । उहाहरुले पाउने आर्थिक सहायोग जस्तो  बीमा वा अन्य सरकारी सुविधा प्राप्त गर्न कागजी प्रक्रियामा सहायता गर्नुपर्छ । उहाहरु फुर्सद को समय मा बस्नको लागि समयको उपयोगका लागि स्मार्टफोन, इन्टरनेट वा अनलाइन सेवाहरू प्रयोग गर्न सिकाउने संगै बसेर हेर्ने गर्नु पर्दछ । उहाहरु लाई सहयोग गर्दा उनीहरूको स्वाभिमानको ख्याल राख्दै मायालु र धैर्यपूर्ण व्यवहार गर्नु पर्दछ र उहाहरु लाई हेपाहा भएको अनुभूति हुनु हुदैन।  ज्येष्ठ नागरिकलाई समय दिनु उनीहरूको भावनात्मक र मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण छ। उहाहरु लाई घर परिवारमा एक्लो अनुभब हुन दिनु हुदैन।  उनीहरूको बिगतका कथा, अनुभव वा सम्झनाहरू सुन्ने , मन्दिर दर्शन वा पार्कमा बसेर गफ गर्न,उनीहरूले मन पराउने गतिविधि (जस्तै बागवानी, किताब पढ्ने, गीत सुन्ने) मा सहभागी भएर उनीहरूसँग समय बिताउने , चाडपर्व, पारिवारिक जमघट वा विशेष अवसरमा उनीहरूलाई अगाडी सार्ने , पुजाआजामा उहाहरु लाई अगाडी सार्ने गर्ने गर्नु पर्दछ।  समयको परिबर्तन संगै घर परिवारमा सदश्यहरु एक आपस  बाट टाडा रहनु पर्ने भएको छ तेस्तो   भए पनि फोन, भिडियो कल वा पत्रमार्फत नियमित कुराकानी गर्ने  रमाइलो कुरा गर्ने गर्नु पर्दछ।   ज्येष्ठ नागरिकको रुचिमा सहभागी हुनुले उनीहरूको मनोबल र खुशी बढाउँछ। उनीहरूले मन पराउने गतिविधिहरू जस्तै बागवानी, भक्ति भजन, किताब पढ्ने, चेस खेल्ने,बगैंचामा बिरुवा रोप्ने, पुराना गीत सुन्ने, वा उनीहरूको मनपर्ने टिभी कार्यक्रम हेर्ने,उनीहरूबाट परम्परागत कला, कथा, वा खाना बनाउने तरिका सिक्ने , भजन समूह, योग कक्षा, वा सामुदायिक कार्यक्रममा सहभागी गराउने , चित्रकला, लेखन, वा हस्तकला जस्ता रचनात्मक गतिविधिमा उनीहरूलाई प्रेरित गर्दै सँगै समय दिने र समाजमा हुने तेस्ता प्रतियोगितामा सहभागी हुन् प्रोहत्सान गर्ने गर्नु पर्दछ।

महत्त्वपूर्ण कुरा भनेको ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्नु हो।  परिवारका हरेक सदस्यले डाक्टरसँग नियमित जाँच गर्ने ,रक्तचाप, मधुमेह, हृदय र हड्डीको जाँचमा विशेष ध्यान दिने , समय  समयमा औषधि लिइरहेका छन् कि छैनन् त्यो जानकारी लिने औषधिका लागि तालिका बनाइदिने , सन्तुलित र पचाउन सजिलो हुने  खाना जस्तै फलफूल, सागसब्जी, प्रोटिन) खान खुवाउने , नुन, चिनी र तेल कम प्रयोग गर्न,धुम्रपान ,माध्यपान र सुर्तीजन्य पदार्थ खान नदिने कुराहरुमा ध्यान दिनु पर्छ।  नियमित रुपमा हल्का व्यायाम गर्ने घर भित्र र बाहिर गर्ने  दुवै प्रकारका ब्यायाम हरु नियमित गराउने र सकेसम्म आफै गर्ने सिकाउने गर्नु पर्दछ।  हाल सरकारले स्थानिय निकायले सार्बजनिक स्थानहरुमा सामान्य खालका ब्यायाम गर्नेकाका लागि उपकरणको ब्यबस्थापन गरेको छ।  घर  परिवार , समाजबाट हुने जुससुकै प्रकारको  दुर्व्यवहार, उपेक्षा, वा शोषणविरुद्ध कडा कानुन लागू गर्नुपर्छ। उनीहरूको सम्पत्ति र अधिकारको संरक्षण गर्नुको लागि समाज र राष्ट लाग्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित