काठमाडौंको परोपकारस्थित पुलमुनी एक जना पुरूषको हत्या भएको छ।
हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
हत्या भएका व्यक्ति काभ्रे भुम्लु गाउँपालिका-१० का ४२ वर्षीय माइला भन्ने विक्रम तामाङ रहेको खुलेको छ।
वैशाख १६ गते बिहान साढे ११ बजेतिर धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला फेला परेका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो।
उपचारको क्रममा उनको साढे १२ बजे मृत्यु भएको थियो।
प्रहरीले प्राविधिक एवं विभिन्न विधिको प्रयोग गरी आरोपीलाई पक्राउ गरेको हो।
आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ छन्।
प्रहरीले घटनामा प्रयोग भएका कपडा, चक्कु र एउटा मोबाइल बरामद गरेको छ। श्रेष्ठमाथि ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको छ।
Discussion about this post