Khabar Samachar

Search
Close this search box.

रेशम पक्राउको जवाफ नपाएपछि नागरिक उन्मुक्तिद्वारा संसद्‍मा विरोध

209
VIEWS

रेशम चौधरीलाई वैशाख १७ गते पक्राउ गरेर करिब पाँच घन्टा डिल्लीबजार कारागारमा राखेर रिहा गरिएको घटनामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले सरकारको जबाफ माग गर्दै मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरे।

बैठक सुरू हुनेबित्तिकै जनमत र नाउपा सांसदहरू उठेका थिए। सभामुख देवराज घिमिरेले नाउपा सांसद रञ्जिता श्रेष्ठलाई बोल्न समय दिए। नाउपा अध्यक्षसमेत रहेकी श्रेष्ठले चौधरीलाई प्रशासनिक मनोमानीका आधारमा पक्राउ गरिएकोले छानबिन हुनुपर्ने बताइन्।

‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु- यो घटनाको गहिरो अध्ययन होस्,’ श्रेष्ठले भनिन्, ‘वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको व्यवहकारको सार्वजनिक जबाफ दिइयोस्।’

यसपछि आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न विषयमा कुरा राखे। सभामुख घिमिरेले नीति तथा कार्यक्रम छलफल कार्यसूचीमा प्रवेश गर्नै लाग्दा फेरि जनमत र नाउपाका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरे।

सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै रूलिङसमेत गरे। तैपनि जनमत र नाउपाका सांसदहरू बसेनन्।

केही समयपछि सभामुख घिमिरेले वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले जबाफ दिने मौखिक जानकारी प्राप्त भएको जानकारी गराएपछि भने जनमत र नाउपाका सांसदहरू बसे र प्रतिनिधि सभा बैठक अघि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित