Skip to main content

Khabar Samachar

Search
Close this search box.

मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन

207
VIEWS

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बनमा परेको छ।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

पूर्वसञ्चार मन्त्री बस्नेतविरूद्ध बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित