Khabar Samachar

Search
Close this search box.

रुसी सेनामा नेपाली भर्ना नगर्नू – के पी शर्मा ओली

203
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् ।रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत् सम्बन्धका विविध आयामबारे छलफल भएको छ।

प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिए भने प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे।

नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न राष्ट्रपति पुटिनलाई सन्देश पठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित