Skip to main content

Khabar Samachar

Search
Close this search box.

हैदराबादसँग लखनऊ सुपर जायन्ट्स ६ विकेटले पराजित

204
VIEWS

आइपिएल २०२५ अन्तर्गत सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। हारसँगै लखनऊ शीर्ष चारमा रहादै प्लेअफम पुग्ने दौडबाट बाहिरिएको छ।

घरेलु टवली लखनऊ पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो। मिचेल मार्श (६५ रन) र एडेन मार्करम (६१ रन) ले अर्धशतक प्रहार गर्दा  निकोलस पूरनले ४५ रन जोडे।

बलिङमा हैदराबादका इशान मलिंगाले २ विकेट लिए।

जवाफमा हैदरावदले १८.२ ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। अभिषेक शर्माले १८ बलमा ५९ रनको विस्फोटक पारी खेले भने भने हेनरिख क्लासेनले ४७ रन जोडे।

मैदानको आइपिएलइतिहासमा पहिलो २०० भन्दा माथिको सफल रन चेज हो। हारसँगै एलएसजी प्लेअफबाट बाहिरियो। अब अन्तिम प्लेअफ स्थानका लागि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित