बेल्जियमका प्याट्रिक डे वाइल्ड नेपाली महिला राष्ट्रिय महिला टिमको नयाँ प्रशिक्षक बन्ने भएका छन् । उनी नेपाल आइपुगिसकेका छन् ।
एन्फाले प्याट्रिकलाई महिला टोलीको प्रशिक्षको रुपमा घोषणा गर्ने तयारीमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीको प्रशिक्षकमा प्याट्रिकलाई नियुक्त गरिसकेको छ। यद्यपी औपचारिक घोषणा गर्न भने बाँकी छ।
एन्फाले उनलाई १ वर्षका लागि नेपाली टोली हेर्ने जिम्मेवारी दिएको छ। त्यसपछि उनको प्रदर्शनको आधारमा अवधि थप्ने वा नथप्ने भन्ने बारेमा निर्णय गर्ने एन्फा श्रोतले बताएको छ।
यूईएफएको लाइसेन्स भएका प्याट्रिकले उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटबाट नेपाली टोली हेर्नेछन्।
महिला टोलीको जिम्मेवारी पाएपछि प्याट्रिक बिहीबार बिहान नेपाल आइपुगेका छन्।




















Discussion about this post