Skip to main content

Khabar Samachar

Search
Close this search box.

स्कटल्यान्डसंग टी-२० सिरिजमा अन्तिम खेल खेल्दै नेपाल

206
VIEWS

नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज अन्तिम खेल हुँदैछ।

सिरिजमा नेपाल र घरेलु टोली स्कटल्यान्डबीच अन्तिम खेल हो। खेल ग्लास्गोमा नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ।

सिरिजका यसअघिका तीन खेलमा नेपालले दुई जित निकालेको छ भने स्कटल्यान्ड एक खेलमा मात्र विजयी भएको छ। सिरिजमा नेदरल्यान्डले आफ्ना चारै खेल खेल्दा दुई खेलमा विजयी भएको छ।

अन्तिम खेलअघि नेपाल चार अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको पनि चार अंक नै छ। स्कटल्यान्ड दुई अंक जोडेर तेस्रो स्थानमा छ।

आजको खेलमा जित निकाल्न सके नेपालले सिरिज जित्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित