एक दिवसीय शृंखलामा नेपाल जिम्बाब्वे ‘ए’सँग ३ विकेटले पराजित

208
VIEWS

काठमाडौं । जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।

जिम्बावे ‘ए’का बलरको धारिलो बलिङसामू नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे ।

करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए । यस्तै कप्तान सन्दीप ४ रन बनाएर आउट हुँदा सुशन भारीले खाता खोल्न सकेनन् ।

जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिए ।

नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे ।

अर्का ओपनर सेफास जुवायो ३२ रन बनाए । राए काईयाले १४ रन जोडे । ब्राड ईभान्सले एक चौका र दुई छक्का मद्दतमा अविजित १७ रन बनाए ।
ब्राडले २६औं ओभरमा सुशन भारीलाई दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on pinterest
Share on telegram
Share on email
Share on pinterest
Share on reddit
Share on skype
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित